मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पशुपति विकास कोषलाई उच्चको आदेश, ‘मारवाडी सेवा समितिको काम कारबाहीमा रोक नलगाउनु’

पशुपति विकास कोषलाई उच्चको आदेश, ‘मारवाडी सेवा समितिको काम कारबाहीमा रोक नलगाउनु’

न्यूजस्टोरी

काठमाडौं । उच्च अदालत पाटनले मारवाडी सेवा समितिको काम कारबाहीमा रोक नलगाउन पशुपति क्षेत्र विकास कोषको नाममा आदेश जारी गरेको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र टीकाराम आचार्यको संयुक्त इजलासले पशुपति विकास कोष सञ्चालक परिषद्ले गरेको निर्णय नं. २ र कोष र काठमाडौं महानगरबीच भएको सहमति हाललाई कार्यान्वयन नगर्न आदेश दिएको हो ।

पशुपति विकास कोषले मारवाडी सेवा समितिसँगको करार भंग गरी काठमाडौं महानगरपालिकालाई सञ्चालनका अनुमति दिएको थियो । करार भंग गर्ने पशुपति विकास कोषको निर्णयविरुद्ध मारवाडी सेवा समाजले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । सो मुद्दामा काठमाडौं जिल्ला अदालतले पशुपति विकास कोषको पक्षमा फैसला गरेको थियो । फैसलापश्चत मारवाडी सेवा समाजलाई पुनरावेदन गर्ने अधिकार रहेको अवस्थामै फैसला कार्यान्वयन गराउन खोजिनु न्यायसंगत नरहेको उच्चको ठहर छ । File Photo/RN