मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रवि लामिछानेलाई पोखराबाट काठमाडौं ल्याइयो

रवि लामिछानेलाई पोखराबाट काठमाडौं ल्याइयो

न्यूजस्टोरी

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखराबाट काठमाडौं ल्याइएको छ ।

उनलाई बिहीबार साँझ विमानमार्फत काठमाडौं ल्याइएको हो । उनीविरुद्ध विभिन्न सहकारीमा ठगी गरेको आरोपमा काठमाडौं जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी गरिएको छ ।

थप अनुसन्धानका लागि काठमाडौं ल्याइएको हो । यसअघि बुटवल पनि लगिएको थियो । काठमाडौंपछि चितवन पनि लैजाने तयारी छ । चितवनका सहकारीमा पनि उनले ठगी गरेको आरोप छ ।