काठमाडौं । बिहीबार बिहान पूर्वपश्चिम राजमार्गमा वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको प्र २–०३–००१ ख ६७३८ नम्बरको मोबिल बोकेको कन्टेनर अनियन्त्रित भई सडकमा पल्टेको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार क्रेनको सहयोगबाट कन्टेनर उठाइएको हो । अहिले उक्त बाटो भएर सवारी सहजै आउजाउ गरिरहेको मकवानपुर प्रहरीले जनाएको छ ।
गाडी चालक मकवानपुरको मनहरी–६ का ३० वर्षीय महेश मोक्तान घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । घाइते मोक्तानलाई उपचारको लागि हेटौंडा अस्पताल पठाइएको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया