मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चुरियामाईमा कन्टेनर पल्टिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

चुरियामाईमा कन्टेनर पल्टिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

न्यूजस्टोरी

हेटौँडा । मकवानपुर र बाराको सिमाना हेटौँडा उपमहानगरपालिका-१५, चुरियामाईमा कन्टेनर पल्टिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । वीरगंजबाट काठमाडौँ जाँदै गरेको प्रदेश–२–०३–००१ ख ६७८० नम्बरको मोबिल लोड गरिएको कन्टेनर आज बिहान १०:३० बजेतिर अनियन्त्रित भई सडकमा पल्टिएको हो । कन्टेनर पल्टिँदा सडक पूर्णरुपमा बन्द भएको छ ।

दुर्घटनामा गाडी चालक मकवानपुरको मनहरी गाउँपालिका-६ निवासी करिब ३० वर्षीय महेश मोक्तान घाइते भएका छन् । उनको दाहिने हातमा चोट लागेको मकवानपुर प्रहरी प्रवक्ता, डीएसपी श्यामु अर्यालले जानकारी दिए ।

चुरियामाईको उकालोमै कन्टेनर पल्टिएकाले वैकल्पिक सडक प्रयोग गरेर आउ–जाउ गर्ने अवस्था पनि छैन । कन्टेनरलाई पन्छाएर सडक खुलाउने प्रयास भइरहेको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ ।