मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बीआरआईबारे निर्णय लिन बुढानीलकण्ठमा जुटे कांग्रेस नेताहरु

बीआरआईबारे निर्णय लिन बुढानीलकण्ठमा जुटे कांग्रेस नेताहरु

न्यूजस्टोरी

काठमाडौं । चिनियाँ सहयोग परियोजना बीआरआईबारे निर्णय लिन सत्तारुढ दल नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक सुरु भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निजि निवास बुढानीलकण्ठमा कांग्रेसका शीर्ष नेताहरु जुटेका हुन् ।

बैठकमा सभापति देउवासहित पूर्णबहादुर खड्का, गगन थापा, विश्वप्रकाश शर्मा, प्रकाशशरण महत, कृष्णप्रसाद सिटौलालगायत सहभागी छन् । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमको तयारीमा रहेका बेलामा बीआरआईले चर्चा पाएको छ । कांग्रेसले बीआरआईका नाममा ऋण लिन नहुने बताउँदै आएको छ । सतप्रतिशत अनुदान भए लिने नत्र लिन नहुने पक्षमा कांग्रेस छ ।

आजको बैठकमा बीआरआईको बारेमा निर्णय लिने र सत्ता साझेदार दल नेकपा एमालेलाई जानकारी गराउने तयारी छ । मंसिर १७ गते चीन भ्रमणमा जान लागेका ओलीले बीआरआईमा हस्ताक्षर गर्ने तयारी गरेका छन् । तर,बीआरआई ऋण कि अनुदान भन्नेमा विवाद देखिएको छ ।

नेपाली कांग्रेस ऋणमा लिन नहुनेमा अडिक रहँदा एमालेसहितका वामपन्थी दलहरु भने ऋण वाअनुदानजे भएपनि स्वीकार गर्नुपर्ने पक्षमा छन् । त्यसोत, प्रधानमन्त्री ओलीले पनि सार्वजनिक कार्यक्रममा चीन भ्रमणका क्रममा ऋणसम्बन्धी सम्झौता नहुने बताइसकेका छन् ।