मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सर्वोच्चको साइनबोर्डमा रङ्ग छ्याप्ने विनु यादव पक्राउ (तस्वीरहरू)

सर्वोच्चको साइनबोर्डमा रङ्ग छ्याप्ने विनु यादव पक्राउ (तस्वीरहरू)

न्यूजस्टोरी

काठमाडौँ । आफूमाथि पतिले घरेलु हिंसा गरेको भन्दै न्यायको मागसहित आन्दोलन गर्दै आएकी सोलुखुम्बुकी बिनु यादव पक्राउ परेकी छन् । मंगलबार सर्वोच्च अदालत अगाडि प्रदर्शन गर्नेक्रममा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

रामेछापका प्रदीप कठायतसँग काठमाडौँमा चिनजानपछि प्रेम सम्बन्ध हुँदै विवाह गरेकी उनले आफूमाथि प्रदीपले घरेलु हिंसा गरेको भन्दै अदालतमा मुद्दा हालेकी थिइन् । तर, अदालतका न्यायाधीशले घुस लिएर आफूले पतिसँग सम्बन्ध विच्छेद गर्नुपर्ने फैसला गरिएको भन्दै उनी त्यसको विरोधमा उत्रिएकी हुन् ।

विरोध स्वरूप यादवले सर्वोच्चको बोर्डमा कालो मसी फ्याँकेपछि पक्राउ परेकी छन् ।  यसअघि पनि विरोध प्रदर्शनका क्रममा यादव पटक पटक पक्राउ पर्दै आएका थिइन् ।