मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१६ दिनमा छुटेका पूर्वमन्त्री अधिकारीलाई श्रीमतीको जिम्मा लगाइयो

१६ दिनमा छुटेका पूर्वमन्त्री अधिकारीलाई श्रीमतीको जिम्मा लगाइयो

न्यूजस्टोरी

काठमाडौं । मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी १६ दिनको हिरासतपछि रिहा भएका छन् । विवादास्पद जापान भ्रमणका कारण पक्राउ परेका अधिकारी सोमबार साँझ छुटेका हुन्। अधिकारीलाई कात्तिक २५ गते विराटनगरस्थित डेराबाट प्रहरीले पक्राउ गरेर काठमाडौं ल्याएको थियो ।

सरकारी वकिल कार्यालय काठमाडौंले उनीविरुद्ध मुद्दा नचलाउने निर्णय गरेपछि उनी रिहा भएका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंले अधिकारीलाई पत्नी पृथ्वी बस्नेतको जिम्मा लगाएको हो । अधिकारी मन्त्री पदमा रहेकै बेला गत कात्तिक १३ गते प्रदेश र संघीय सरकारको अनुमति बिना प्रक्रिया नपुर्‍याई इन्टरनेसनल कन्फरेन्स अन ओपन एक्सेस टु कल्चर २०२४ को कार्यक्रममा सहभागी हुन जापान भ्रमणमा गएका थिए ।

अधिकारी हङकङ पुगेपछि मिसिएका जनक राई, दावा शेर्पा र कञ्चन देवकोटालाई अधिकारीको जानकारीका आधारमा जापानको अध्यागमनले डिपोर्ट गरेको थियो । उनीमाथि जापान जाने क्रममा मन्त्रालयको नक्कली कागजात र परिचयपत्र बनाएर तीन जना युवकलाई लगेको आरोप लागेको थियो ।