मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिकामा कार रुखमा ठोक्किँदा नेपाली युवाको मृत्यु 

अमेरिकामा कार रुखमा ठोक्किँदा नेपाली युवाको मृत्यु 

न्यूजस्टोरी

काठमाडौं । अमेरिकाको भर्जिनियामा कार दुर्घटनामा परी  एक नेपाली युवाको मृत्यु भएको छ । रुकुम आठसबिसकोट नगरपालिका–७ औलीघााउ स्थायी ठेगाना भई हाल अमेरिकामा बस्दै आएका २१ वर्षीय सुरेश केसीको मृत्यु भएको उनका साथी सुरेश गौतमले बताए । 

गौतमका अनुसार एक वर्षअघि अमेरिका पुगेका केसी भर्जिनियाकै एक रेष्टुरेन्टमा काम गर्थे । ‘कामबाट फर्किने बेलामा उनी चढेको कार रुखमा ठोक्किएर दुर्घटना भएछ,’ उनले भने, ‘उक्त कारमा उनीसँगै चढेका अर्का एकजनाको पनि मृत्यु भएको भनिएको छ । तर उनी को हुन् भन्ने चाहिँ खुलेको छैन ।’

चालक विजय तामाङले अत्यधिक मदिरा सेवन गरेका कारण दुर्घटना भएको र चालक तामाङ प्रहरी नियन्त्रणमा रहेको बताइएको छ । मृतक केसीको शव अस्पतालमा रहेको र आवश्यक प्रक्रिया पुर्‍याएर निकाल्ने तयारी भइरहेको पनि गौतमले जनाएका छन् ।