मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमालेको जागरण सभा : भद्रकालीबाट निस्किएको र्‍याली दरबारमार्ग पुग्यो, अध्यक्ष ओलीले सम्बोधन गर्दै

एमालेको जागरण सभा : भद्रकालीबाट निस्किएको र्‍याली दरबारमार्ग पुग्यो, अध्यक्ष ओलीले सम्बोधन गर्दै

न्यूजस्टोरी

काठमाडौं । नेकपा (एमाले)को आज काठमाडौंमा हुन लागेको जागरणसभाको र्‍याली भद्रकालीबाट प्रारम्भ भई दरबारमार्गमा पुगेर कोणसभामा परिणत भएको छ । र्‍यालीमा सहभागीहरूले अघि बढ ओली सरकार, कुप्रचार र गलत सूचना त्यागौँ : तथ्य र सत्यलाई आत्मसात गरौँ, अराजकता सहिन्नः सहिष्णुता छोडिन्न, निराशा छोड्ने होः आशा र समृद्धि बाँड्ने हो, प्रतिगमन र पश्चगमन मानिँदैनः प्रगतिशील र अग्रगमन छाडिँदैन, लगायतका नारा लगाएका छन् ।

एमालेको जागरणसभा दरबारमार्गमा पुगेपछि एमाले राष्ट्रिय जनसांस्कृतिक महासंघले गीत गाएर सभालाई स्वागत गरेको छ । सभामा जनसांस्कृतिक महासंघका कलाकार भीमसेन खतिवडाले ‘देश बनाउन ढिला भो, उठौँ साथी हो, समयले कोल्टे फेर्‍यो जुटौँ साथी हो’ बोलको गीत गाउँदै स्वागत गरेका हुन्। अहिले दरवारमार्ग संगीतले गुन्जयमान बनेको छ।

सभामा विभिन्न स्थानबाट र्‍याली याली आउनेक्रम जारी छ । सभालाई एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।