काठमाडौं । ललितपुर र काठमाडौंका छुट्टाछुट्टै स्थानमा तीन जना मृत भेटिएका छन् ।
प्रहरीकाअनुसार बिहीबार काठमाडौं महानगरपालिका–१६ माछापोखरी वसन्तनगरस्थित क्लासिकल होटलमा एक जना मृत फेला परेका छन् । नुवाकोटको ककनी गाउँपालिका–६ घर भएका २८ वर्षीय भोला पाठक मृत फेला परेका हुन् ।
यस्तै, काठमाडौं–१६ माछापोखरी मितेरी पुल नजिकै खाली जग्गामा रहेको पुरानो ठेलामाथि अर्का एक पुरूष मृत भेटिएको प्रहरीले जनाएको छ । करिब ५५ वर्षका ती व्यक्तिको सनाखत भने हुनसकेको छैन । यस्तै, ललितपुर महानगरपालिका–२५ स्थित नख्खु खोलामा पनि एक व्यक्ति मृत भेटिएका छन् । सनाखत हुन नसकेको करिब ४५ वर्षीयका तीन पुरूष बिहीबार मृत अवस्थामा फेला परेका हुन् ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया