काठमाडौं । ग्रेटर नेपाल अभियान चलाइरहेका फणिन्द्र नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौं प्रहरी परिसर, भद्रकालीबाट खटिएको प्रहरीको टोलीले बिहीबार दिउँसो नेपाललाई शान्तिनगरबाट नियन्त्रणमा लिएको काठमाडौं प्रहरी परिसर, भद्रकालीका एसपी नवराज अधिकारीले जानकारी दिए ।
शान्ति सुरक्षा कायम गर्ने सिलसिलामा नेपाललाई नियन्त्रणमा लिइएको एसपी अधिकारीले जानकारी दिए । उनका अनुसार नेपाललाई केही समय प्रहरी नियन्त्रणमै राखिने छ ।


प्रतिक्रिया