मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मन्त्रिपरिषद् बैठक आज बस्दै, यस्ता छन् छलफलको एजेण्डा

मन्त्रिपरिषद् बैठक आज बस्दै, यस्ता छन् छलफलको एजेण्डा

न्यूजस्टोरी

काठमाडौँ । आज (बिहीबार) मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन भ्रमण, यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन र शान्ति सुरक्षाका साथै मन्त्रालयगत नियमित एजेन्डामा बैठकमा छलफल हुने बताइएको छ ।

मंगलबार बोलाइएको बैठक प्रधानमन्त्रीको व्यस्तताका कारण स्थगित भएपछि आज बोलाइएको हो ।