मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

म्याद थपका लागि दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराइयो

म्याद थपका लागि दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराइयो

न्यूजस्टोरी

काठमाडौं । साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रसाईंलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । ‘प्रसाईंलाई हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएका छौँ । र, उनीविरुद्ध साइबर अपराधसम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिनेछ,’ उनले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मिथ्या र गलत सामग्रीबारे दुष्प्रचार गरेको आरोपमा प्रसाईंलाई मंगलबार सीआईबीको टोली भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको थियो ।