मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

छबिलाललाई बयानका लागि काठमाडौं ल्याइयो, यसपछि रविको पालो

छबिलाललाई बयानका लागि काठमाडौं ल्याइयो, यसपछि रविको पालो

न्यूजस्टोरी

काठमाडौं । सहकारीको रकम अपचलनको कसुरमा पक्राउ परी कास्की प्रहरीको हिरासतमा रहेका पूर्व डीआइजी एवम् गोर्खा मिडियाका पूर्व सञ्चालक छबिलाल जोशीलाई काठमाडौं ल्याइएको छ । जोशीविरूद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि उनलाई मंगलबार बेलुका जहाजबाट काठमाडौं ल्याइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी बसन्त रजौरेले जानकारी दिए ।

जोशीलाई हिजै ल्याएर परिसरको हिरासतमा राखिएको र आजबाट अनुसन्धानको आवश्यक काम अगाडि बढ्ने एसएसपी रजौरेले जानकारी दिए । पोखराको सूर्यदर्शन सहकारी सहकारीको बचत अपचलन प्रकरणमा गत असोज ६ गते जोशी पक्राउ परेका थिए । त्यहीबीचमा रूपन्देहीको सुप्रिम सहकारीको बचत हिनामिनामा संलग्न रहेको आरोपमा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि बयानका लागि उनलाई रूपन्देही पनि लगिएको थियो ।

लगत्तै काठमाडौं जिल्ला अदालतले काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरेको थियो । त्यसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको थियो । जोशीको बयानपछि लामिछानेलाई काठमाडौं ल्याउने तयारी छ । यसअघि कुमार रम्तेलसँग पनि बयान लिएर कास्की नै फर्काइएको छ ।