मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निरन्तर घट्न थाल्यो काठमाडौंको तापक्रम

निरन्तर घट्न थाल्यो काठमाडौंको तापक्रम

न्यूजस्टोरी

काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रमले दिनदिनै घटिरहेको छ । तापक्रम घटेसँगै उपत्यकामा चिसो बढेको छ ।

आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९.२ डिग्री सेल्सियस मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि मंगलबार बिहान काठमाडौंको तापक्रम ९.९ डिग्री सेल्सियस थियो । उसो त काठमाडौं मात्रै होइन देशभरकै तापक्रम घटिरहेको छ ।

हिउँदयाम नजिकिँदै गरेकाले तापक्रम घटेर देशभर चिसो बढ्दै गएको हो।