मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पोखराबाट काठमाडौं ल्याइएका पूर्वडीआईजी जोशीलाई आज अदालतमा पेस गरिने

पोखराबाट काठमाडौं ल्याइएका पूर्वडीआईजी जोशीलाई आज अदालतमा पेस गरिने

न्यूजस्टोरी

काठमाडौं । सहकारी ठगीमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई आज (बुधबार) काठमाडौं जिल्ला अदालतमा पेस गरिने भएको छ । उनलाई मंगलबार काठमाडौं ल्याइएसँगै बयानका लागि अदालतमा पेस गर्न लागिएको हो ।

जोशीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएको थियो । यसर्थ उनलाई थप अनुसन्धानका लागि पोखराबाट काठमाडौं ल्याइएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र जोशीविरुद्ध कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन गरेको आरोपमा अनुसन्धान गर्न पक्राउ पुर्जी जारी भएको थियो ।

लामिछानेलाई पनि यही साता काठमाडौं ल्याउने तयारी रहेको प्रहरीस्रोतले जनाएको छ । यसअघि अर्का आरोपित कुमार रम्तेललाई काठमाडौं ल्याएर अनुसन्धानपछि पोखरा फर्काइएको थियो ।

यस्तै मंगलबार पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पनि आज अदालतमा पेस गरिँदै छ ।