मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

त्रिशूलीमा खस्यो ट्रक

त्रिशूलीमा खस्यो ट्रक

न्यूजस्टोरी

काठमाडौँ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका १० खयरघारीबाट एक ट्रक त्रिशूली नदीमा खसेको छ।

नवलपरासीबाट काठमाडौँतर्फ आउँदै गरेको लु २ ख २५० नम्बरको ट्रक आज बिहान ५ः५५ बजे त्रिशूली नदीमा खसेको हो।

दुर्घटनास्थलबाट ट्रक चालक नवलपरासी पश्चिमका २७ वर्षीय आशिष महतो, सहचालक २६ वर्षीय राजु थापामगर र ट्रक धनी खैरहनी नगरपालिका ४६ वर्षीय सुरेश गुरुङलाई प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरीले जनाएको छ। विस्तृत विवरण आउन बाँकी छ।