मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्वसभामुख ढुंगानाको पशुपति आर्यघाटमा अन्त्येष्टि

पूर्वसभामुख ढुंगानाको पशुपति आर्यघाटमा अन्त्येष्टि

न्यूजस्टोरी

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । ढुंगानाको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।

आइतबार दिवंगत भएका उनलाई छोराहरु निमेष र निशेषले दागबत्ती दिए । उनको पार्थिव शरीरमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् ।

त्यस्तै, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री झलनाथ खनाल लगायत राजनीतिक दलका नेता, कानून व्यवसायी, सरकारी निकायका उच्च पदाधिकारी र सर्वसाधारणले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

८३ वर्षीय ढुंगानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा आइतवार निधन भएको थियो । कलेजोसँग सम्बन्धित समस्याका कारण उनी केही समयदेखि उपचाररत थिए ।