काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सोमबार बस्दै छ।
आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा यहीँ मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन, पार्टीको विधान मिलाउनेलगायतका विषयमा छलफल हुने जनाइएको छ।
यसका साथै, आजको बैठकमा पार्टीको केन्द्रीय समिति बैठकको तयारीका विषयमा पनि छलफल हुने तयारी रहेको पार्टीका एक नेताले जानकारी दिएका छन्।


प्रतिक्रिया