मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लाजिम्पाटमा व्यवसायीमाथि आक्रमण गरेर भाग्ने झापाबाट पक्राउ, दुईजना अझै फरार 

लाजिम्पाटमा व्यवसायीमाथि आक्रमण गरेर भाग्ने झापाबाट पक्राउ, दुईजना अझै फरार 

न्यूजस्टोरी

काठमाडौं । कात्तिक ११ गते लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा नुवाकोटको ककनी गाउँपालिका–६ का घरजग्गा व्यवसायी विक्रम लामामाथि आक्रमण गरेको आरोपमा थप एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा निश्चल सुनार छन् । उनलाई झापाबाट पक्राउ गरेर काठमाडौं ल्याइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए । चार जनाको समूहले आक्रमण गरेको बताइए पनि दुई जना अझै फरार छन् । एकजना ‘मार्शल’ भनिने शैलेन्द्र तामाङलाई प्रहरीले घटना भएकै दिन पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार आक्रमणमा चारजना भएपनि योजना बुन्ने अरु पनि थिए । अजय लामा, निश्चल सुनार र दीपक बरामु घटनामै आक्रमणमै संलग्न थिए । अजय र दीपक पक्राउ पर्न बाँकी छन् ।