मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारविरुद्ध सडकमा उत्रियो आम जनता पार्टी

सरकारविरुद्ध सडकमा उत्रियो आम जनता पार्टी

न्यूजस्टोरी

काठमाडौँ । आम जनता पार्टीले शनिबार काठमाडौँमा प्रदर्शन गरेको छ । प्रभु साह नेतृत्वको पार्टीले सरकारविरुद्ध सडकमा प्रदर्शन गरेको हो ।

पार्टीले जनतामाथि अनावश्यक कर थोपरिएको, बढ्दो महँगी र भ्रष्टाचार नियन्त्रणलगायतमा सरकार उदासीन रहेको भन्दै विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शन शान्ति वाटिकादेखि सुरु भएको थियो । प्रदर्शनमा पार्टीको झण्डा सहित कार्यकर्ताहरूले जुलुस निकालेका गरेका थिए । जुलुस पुनः शान्ति वाटिका मै आएर सभामा परिणत भएको थियो ।