मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गण्डकी प्रदेशकी सांसद विमला गौचनको अन्तिम विदाइ

गण्डकी प्रदेशकी सांसद विमला गौचनको अन्तिम विदाइ

न्यूजस्टोरी

पोखरा । गण्डकी प्रदेशसभा सदस्य विमला गौचनलाई श्रद्धाञ्जली अर्पण गरिएको छ  । शनिवार विहान प्रदेश भा भवन नदीपुरमा श्रद्धाञ्जलीका लागि गौचनको शव राखिएको हो ।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राष्ट्रिय झण्डा ओढाए । गौचनको पार्थिव शरीरलाई श्रद्धाञ्जलि व्यक्त गर्न मुख्यमन्त्री पाण्डेसँगै मन्त्री, प्रदेश सभाका सदस्य, विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता उपस्थित भए ।

६३ वर्षीया गौचनको बुधबार राति १ बजेर ४५ मिनेटमा काठमाडौंस्थित ग्रान्डी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

गएको शुक्रबार डेंगुको लक्षण देखिएपछि उनलाई ग्रिनसिटी हस्पिटल लगिएको थियो । इर्मेजेन्सीमा उपचारपश्चात सोही दिन काठमाडौंको घरमा पुर्याइएको थियो ।

शुक्रबार डेंगीले च्यापेपछि उनलाई फेरी ग्रिनसिटी नै पुर्याइयो । ग्रिनसिटीबाट त्यही दिन ग्रान्डी लगेको लगिएको थियो ।

उनी नेपाली कांग्रेसको तर्फबाट समानुपातिक सांसद भएकी हुन् । २०१८ मंसिर १८ गते मुस्ताङको थसाङ गाउँपालिकामा जन्मिएकी गौचन नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिसमेत हुन् ।

उनी पर्यटन व्यवसायीसमेत थिइन् । गौचनका एक छोरा र छोरी छन् ।  गौचनको पार्थिव शरीरलाई आजै म्याग्दी लगेर अन्तिम संस्कार गरिनेछ ।