मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बढुवा भएका कम्प्युटर अपरेटर अन्य सेवामा समायोजन हुन पाउने

बढुवा भएका कम्प्युटर अपरेटर अन्य सेवामा समायोजन हुन पाउने

न्यूजस्टोरी

काठमाडौं, १ मंसिर । कम्प्युटर अपरेटरबाट बढुवा भएर विविध सेवा अन्तरगत कम्प्युटर अधिकृतका रुपमा कार्यरत कर्मचारीहरुलाई प्रशासनसहितका अन्य सेवा समूहतर्फ समायोजन र बढुवा हुने बाटो खुलेको छ । सेवा प्रवेश गरेपश्चात वृत्ति विकासको अपेक्षा राख्नु कर्मचारीको अधिकारको विषय भन्दै सर्वोच्च अदालतले समायोजन र बढुवाको बाटो खोलिदिएको हो ।

सर्वोच्चको यो फैसलासँगै कम्प्युटर अपरेटरबाट कम्प्युटर अधिकृत पदमा बढुवा भएका कर्मचारीहरुको समायोजन वृत्ति विकास सम्बन्धी विवादको टुंगो लागेको छ । अब त्यस्ता कर्मचारीहरुले प्रशासनसहित अन्य सेवातर्फबाट बढुवा वा समायोजन हुन पाउनेछन् ।

कविता पोखरेल सुवेदीसहितका कर्मचारीले २०७५ सालमा दायर गरेको रिटमा सर्वोच्चले २ असोज २०८१ मा गरेको फैसलाको पूर्णपाठ बुधबार सार्वजनिक गरेको हो । नेपाल विविध सेवा अर्थात् प्राविधिक सेवाका कर्मचारीहरुले आफूहरुलाई अप्राविधिक सेवातर्फ समायोजन र बढुवा गर्नुपर्ने माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

‘सामान्यतः वृत्ति विकासको सम्बन्धमा कुनै सेवा वा समूहको पदमा सेवा प्रवेश गरे पश्चात आफूसँग रहेको शैक्षिक योग्यता, तालिम र अनुभव समेतको आधारमा वृत्ति विकासको अपेक्षा राख्नु र प्राप्त गर्नु कर्मचारीको कानूनी अधिकारको विषय पनि हो ’, सर्वोच्चले पूर्णपाठमा भनेको छ ।

उनीहरुको शैक्षिक योग्यता, प्राप्त तालिम, दक्षता र क्षमता अनुकूल वृत्ति विकास हुने गरी ‘उचित सेवा समूहमा’ समायोजन तथा पदस्थापना गर्दा उचित हुने सर्वोच्चको ठहर छ ।