मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डोजरकै अगाडि सुतेपछि सुमन सायमीसहित चार जना नियन्त्रणमा

डोजरकै अगाडि सुतेपछि सुमन सायमीसहित चार जना नियन्त्रणमा

न्यूजस्टोरी

काठमाडौं । काठमाडौंको गौशाला क्षेत्रबाट सुमन सामयीसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं महानगरपालिकाले शुक्रबार दिउँसो गौशाला क्षेत्रका अतिक्रमित संरचनामा डोजर लगाएको थियो । डोजर लगाएको विरोधमा पुगेका उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

डोजर अगाडि उनी सुतेपछि प्रहरीले उठाएर झ्याइकुटी पार्दै गौशाला प्रहरी वृतमा पुर्‍याएका हुन् । सडक विस्तारका क्रममा बिचल्लीमा परेकाहरूको आवाज लामो समयदेखि सायमीले आवाज उठाउँद आएका छन्। प्रहरीले गौशाला क्षेत्रका आधा दर्जन बढी घरमा डोजर चलाएको छ ।

महानगरले चक्रपथ विस्तारको जग्गा अतिक्रमण गरी बसेका स्थानीयको घरमा डोजर लगाएको हो ।अतिक्रमण गरी बनाइएका घर, टहरा भत्काउन जेठ ६ गते सूचना जारी गरे पनि खाली नगरेपछि महानगरले डोजर चलाएको छ । डोजर चलाउनुअघि महानगर र स्थानीयबीच छलफल पनि भएको थियो ।