मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री ओलीको आग्रह– हुँदै नभएका विषयलाई अनावश्यक विवादको मुद्दा नबनाऔँ

प्रधानमन्त्री ओलीको आग्रह– हुँदै नभएका विषयलाई अनावश्यक विवादको मुद्दा नबनाऔँ

न्यूजस्टोरी

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले नभएका कतिपय विषयलाई अनावश्यक विवादको मुद्दा बनाउन नहुने बताएका छन् । विराटनगरमा सोमबार साँझ पत्रकारहरूको जिज्ञासाको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

नेकपा (माओवादी केन्द्र)को विरोध र आन्दोलन सरकारमा नरहनुको छटपटी रहेको नेकपा (एमाले)का अध्यक्षसमेत रहेका ओलीले टिप्पणी गरे । उनले अहिले अमेरिकी स्टेट सपोर्ट प्रोग्राम (एसपीपी)को कुनै कुरा वा चर्चा नै नभएको बताए ।

संविधान संशोधनका लागि आयोग गठन हुन्छ भन्ने प्रश्नमा ओलीले यो विषय संसद्को विषय भएकाले आयोग गठन गरिरहनु नपर्ने स्पष्ट पारे । सरकारको निर्देशनबमोजिम नेपाल विद्युत् प्राधिकरणले लाइन काटिएका उद्योगमा लाइन जोडिएको छैन नि ? भन्ने प्रश्नमा उनले भने, ‘नजोडिएको भए हेर्दै जाउँ । हामी उद्योग र कलकारखानालाई काम गर्न सक्ने र आर्थिक समृद्धिका लागि आवश्यक काम गर्दै जानेछौँ ।’

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको १३औँ दीक्षान्त समारोहबाट प्रधानमन्त्री ओली विराटनगर हुँदै काठमाडौं फर्किएका थिए ।