मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री भन्छन्- संविधान संशोधनका लागि छलफल हुँदैछ

प्रधानमन्त्री भन्छन्- संविधान संशोधनका लागि छलफल हुँदैछ

न्यूजस्टोरी

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनका लागि छलफल चलिरहेको बताएका छन् ।

सोमबार विराटनगर विमानस्थलमा मोरङका सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले अहिले संविधान संशोधनका लागि छलफल अघि बढेको बताएका हुन् । उनले आर्थिक सुधारका एजेण्डाका लागि सरकारले काम गरिरहेकोसमेत उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओली धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोहमा सहभागी हुन विराटनगर हुँदै त्यसतर्फ निस्किएका हुन् ।