मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमालेलाई दान दिने भनिएको जग्गा बल्ल भाटभटेनीको नाममा पास

एमालेलाई दान दिने भनिएको जग्गा बल्ल भाटभटेनीको नाममा पास

न्यूजस्टोरी

काठमाडौं । नेकपा एमालेलेलाई दान दिने भनेको जग्गा भाटभटेनी सुपर मार्केटले बल्ल आफ्नो नाममा ल्याएको छ । अरूको नाममा रहेको जग्गामा एमालेको भवन बनाउने भन्दै शिलान्यास गरेको महिनादिनपछि बल्ल जग्गा भाटभटेनीले आफ्नो नाममा ल्याएको हो ।

मालपोत कार्यालय, कलंकी स्रोतले भन्यो, ‘तिहार बिदापछि मात्रै जग्गा पास भएको हो ।’भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङले जग्गादान घोषणा गरेको र एमालेको भवन शिलान्यास गरेको एक महिना भइसकेको छ ।

अरुकै नाममा रहेको जग्गामा भवन शिलान्यास भएको भन्दै आलोचना भएको थियो । अर्कोतर्फ व्यापारीबाट जग्गा दान लिनु स्वार्थ देखिएको भन्दै आलोचना भइरहेको छ । जग्गादान लिएको विवादमा सर्वोच्च अदालतमा सोमबार पनि सुनुवाइ छ । भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले त्यही जग्गादानको मुद्दा सर्वोच्च अदालतमा सुनुवाइ हुनुभन्दा अघि नै उक्त जग्गा आफ्नो कम्पनीको नाममा सारेको देखिन्छ ।

सोमबारका लागि तोकिएको सुनुवाइ न्यायाधीशहरू डा. नहकुल सुवेदी र नित्यानन्द पाण्डेयको इजलासमा परेको छ । न्यायाधीश पाण्डेय संसदीय सुनुवाइबाट अनुमोदन भएर आइतबार मात्रै नियुक्त भएका हुन् ।