मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री ओली आज धरान जाँदै, सुरक्षा व्यवस्था कडा पारिंदै

प्रधानमन्त्री ओली आज धरान जाँदै, सुरक्षा व्यवस्था कडा पारिंदै

न्यूजस्टोरी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज (सोमबार) सुनसरीको धरान जाने भएका छन् । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको १३औं दीक्षान्त समारोहमा भाग लिन प्रधानमन्त्री ओली धरान आज बिहान धरान जान लागेको उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री जाने भएपछि धरानको सुरक्षा व्यवस्था कडा पारिएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ८ वर्षपछि आज दिक्षान्त समारोह गर्दैछ । सन् २०१६ मा १२औं दीक्षान्त समारोह गरेको प्रतिष्ठानले आज १३औं दीक्षान्त गर्न लागेको हो । समारोहमा प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री ओलीले विभिन्न संकायका ६५७ जना विद्यार्थीहरुलाई दीक्षित गर्ने प्रतिष्ठानले जनाएको छ ।