मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति

रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति

न्यूजस्टोरी

काठमाडौं । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अझै १३ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

आज लामिछाने रिहा हुनसक्ने धेरैको अनुमानविपरित थप १३ दिन हिरासतमा राख्न अनुमति दिइएको हो । जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले जिल्ला प्रहरी कार्यालय कास्कीलाई रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि गत कात्तिक २ मा पक्राउ परेका लामिछानेमाथि प्रहरीले सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान गरिरहेको छ ।

कात्तिक २ गते राति पोखरा लगिए पनि शनिबार परेकाले ४ गतेमात्रै अदालत उपस्थित गराइएको थियो । त्यतिबेला अदालतले पहिलो पटकका लागि पक्राउ परेको दिनदेखि गणना हुने गरी ७ दिन म्याद थप भएको थियो । त्यसपछि दोस्रो पटक ६ दिन म्याद थप गरिएको थियो भने तेस्रो पटक १० दिन म्याद थपिएको थियो ।

रास्वपाका नेता कार्यकर्ताहरुले भने लामिछाने र आफूहरुको पार्टीको लोकप्रियतादेखि डराएर ठूला दलहरुले षडयन्त्रमूलक र प्रतिशोधमूलक ढंगले लामिछानेलाई पक्राउ गरी दुःख दिएको भन्दै विना शर्त रिहा गर्नुपर्ने बताउँदै आएका छन् ।