मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कालीकोटमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु, १३ घाइते

कालीकोटमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु, १३ घाइते

न्यूजस्टोरी

काठमाडौँ । कालीकोटमा जीप दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

आइतबार दिउँसो पलाँता गाउँपालिका–३ को राहुनेटा भन्‍ने ठाउँमा जीप दुर्घटना हुँदा ६ जनाले ज्यान गुमाएका हुन् ।

प्राप्त समाचार अनुसार दुर्घटनामा घाइते भएका १३ जनालाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइँदै छ । उनीहरुलाई लिन नेपाली सेनाको हेलिकप्टर त्यसतर्फ गएको छ ।

दुर्घटनाको थप विवरण आउन बाँकी छ ।