मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेय नियुक्त

सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेय नियुक्त

न्यूजस्टोरी

काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज निरौला र नित्यानन्द पाण्डेय नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले न्याय परिषद्को सिफारिसका आधारमा निरौला र पाण्डेयलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका हुन् ।

उनीहरूको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत रूपमा अनुमोदनसमेत भएको थियो । निरौला यसअघि उच्च अदालत पाटनका मुख्य न्यायाधीश र पाण्डेय उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश थिए ।