मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो

सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो

बाढीका कारण सेनाका २२ जवानसहित एक सय २ जना बेपत्ता

न्यूजस्टोरी

भारतको सिक्किम राज्यको उत्तरी क्षेत्रमा रहेको ल्होनाक ताल फुटेर आएको बाढीमा परि अहिलेसम्म १४ जनाको ज्यान गएको छ । बाढीका कारण सेनाका २२ जवानसहित एक सय २ जना अहिलेसम्म बेपत्ता भएका रहेका छन् । पाँच वटा राहत शिविर खोलिएको र उद्धारका लागि सेनासहितका सयौँ सुरक्षाकर्मी प्रभावित क्षेत्रमा खटिएका छन् । बेपत्ताको खोजी र उद्धारका काम भैरहेको खोज र उद्धारमा खटिएका अधिकारीलाई उद्धृत गरी बीबीसीले जनाएको छ । सिक्किम राज्य सरकारले हिजो बिहान ताल फुटेर टिस्टा नदीमा ठूलो बाढी आएपछि विभिन्न भागमा तीन हजारभन्दा धेरै पर्यटकहरू फसेका जनाएको छ । भवन र गाडीमा पनि क्षति पुगेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङसँग कुरा गरी आफूले सक्दो सहयोग गर्ने आश्वासन दिनुभएको छ।