मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मनाङेले भने- फैसलाको पूर्णपाठ पाएपछि आफैं अदालत उपस्थित हुन्छु

मनाङेले भने- फैसलाको पूर्णपाठ पाएपछि आफैं अदालत उपस्थित हुन्छु

न्यूजस्टोरी

पोखरा । गण्डकी प्रदेश सभा सदस्य राजिब गुरूङ (दीपक मनाङे) ले आफूले मोबाइल अफ गरी बसेको बताएका छन्।

उनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आफूलाई तारन्तार फोन आइरहेकाले मोबाइल बन्द गरेको उल्लेख गरेका छन्।

‘फैसला आउँदाको दिनदेखि केही गुणस्तरहित सञ्चारमाध्यमहरूबाट तारन्तार आइरहेका कलहरूले गर्दा केही समयका लागि मैले प्रयोग गर्दै आएको मोबाइल बन्द गरेको छु,’ शुक्रबार विज्ञप्ति निकालेर भनेका छन्, ‘यही विषयलाई लिएर विभिन्न सञ्चार माध्ययमहरूमा भ्रामक समाचारहरू सम्प्रेषण भइरहेको पाएको छु, यसमा मेरो आपत्ति छ।’

उनले थपेका छन्, ‘अन्तमा: सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ लिखित रूपमा प्राप्त भएपछि अदालतमा म स्वयम् उपस्थित हुने कुरा जानकारी गराउन चाहन्छु।’

गत मंगलबार सर्वोच्च अदालतले मिलन गुरूङ ‘चक्रे मिलन’ को हात काटेर ज्यान मार्ने कसुरमा दोषी ठहर गरेको थियो। दोषी ठहर भएसँगै उनी सम्पर्कबिहीन भएका हुन्।

सर्वोच्च अदालतका न्यायाधीशहरू नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले तत्कालीन पुनरावेदन अदालत (हाल उच्च अदालत)को फैसलालाई सदर गर्दै मनाङेलाई चक्रे मिलन भनिने मिलन गुरूङको हात छिनालिने गरी तरबारले आक्रमण गरेको घटनामा दोषी ठहर गरेको हो।

दोषी ठहर गरेपनि मंगलबार नै सर्वोच्च अदालतले संक्षिप्त फैसला तयार भने गरेको थिएन। फैसला संक्षिप्तमा आउने हो वा पूर्णपाठ नै आउने हो भन्ने अझै यकिन भइसकेको छैन।

यसैबीच प्रहरीले भने उनको खोजी गरिरहेको छ।