मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सडकको सास्ती : हुम्लामा डोजरको सहयोगमा मालबाहक ट्रक पास गर्नुपर्ने बाध्यता

सडकको सास्ती : हुम्लामा डोजरको सहयोगमा मालबाहक ट्रक पास गर्नुपर्ने बाध्यता

न्यूजस्टोरी

हुम्ला, १९ कार्तिक । निरन्तरको सुख्खा पहिरोले हुम्लाको खच्चामा सडक नियमित सञ्चालनमा ल्याउन समस्या भएको छ । कर्णाली करिडोरअन्तर्गत हुम्लाको कुवाडीखोलाबाट खार्पुनाथसम्म नियमित रूपमा गाडी सञ्चालनमा ल्याउन सर्केगाड–१ जैरीको खच्चा सडकले अबरोध गरेको छ । नेपालगञ्ज, सुर्खेतबाट पुग्ने गरेका मालबाहक ट्रकहरु प्रायः खच्चामा रोकिनुपर्ने अवस्था छ । सडकको कच्ची भागमा नियमितजसो सुख्खा पहिरो खस्ने गरेको छ ।

स्थानीय होटल सञ्चालक डिलबहादुर बुढाले पहिरोले निक्कै सास्ती दिएको बताउनुभयो । सामान ल्याएर खच्चामै थन्कीदा घाटा हुने भएकाले पैसा उठाएर कामदार र डोजरलाई तिरेर सडक बनाउने गरेको सर्केगाडका व्यवसायी लक्ष्मण फडेराले गुनासो गर्नुभयो । सरकारी निकायबाट ढिलासुस्ती हुने गरेको छ । सडक मर्मतमा ढिला हुँदा सामान बिग्रने जोखिम हुन्छ । खच्चा सडक खण्डलाई नियमित गर्न बैकल्पीक सडकको व्यवस्थापन गर्न माग हुँदै आएको छ ।

सडक विभागबाट खटीएका दानसिंह महताराले हरेक दिन १०-१५ वटा मालबाहक ट्रक डोजर लगाएर तान्ने गरीएको बताउनुहुन्छ । ‘दिउँसो डोजरले सडक बनाउने राती फेरी पहिरोले उस्तै बनाइदिन्छ’ उहाँले भन्नुभयो,‘ साह्रै समस्या भोग्नुपरेको छ ।’ कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले यसलाई नियमित गर्न संघीय सरकारसँग पटक–पटक माग गरेको बताउनुभएको छ ।