मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ऐतिहासिक कार्तिक नाचको तयारी : ३ सय ८३ वर्षदेखि निरन्तर

ऐतिहासिक कार्तिक नाचको तयारी : ३ सय ८३ वर्षदेखि निरन्तर

न्यूजस्टोरी

काठमाडौं, १९ कार्तिक । तीन सय ८३ वर्षदेखि निरन्तर चल्दै आएको ललितपुरको ऐतिहासिक कार्तिक नाचको तयारी थालिएको छ । कात्र्तिक नाच पर्सिदेखि सञ्चालन हुँदैछ । यसवर्ष नाच १० दिन सञ्चालन गरिने कार्तिक नाच संरक्षण समितिले जनाएको छ ।

आउँदो ३० गतेसम्म मंगलबजारको कार्तिक डबलीमा बेलुकी ७ बजे नाच देखाइनेछ । हरेक दिनको नाचको लागि पाटन दरबार क्षेत्रमा रहेको नासल चोकमा ९० जना कलाकार भेला भएर नाचको तयारीमा व्यस्त हुन्छन् । विशेष गरेर कृष्ण लिलामा आधारीत नाचमा दिनैपिच्छे फरक फरक नाचहरु देखाउने गरिन्छ ।

नाचमा दैत्य जगाउने परम्परा छ । पर्सि भक्त सुरदासको नाच देखाएर शुरु हुने कात्र्तिक नाच अन्तिम दिन ३० गते वस्त्रहरण लिलाको नाच देखाएर समापन गरिनेछ । कात्र्तिक नाचको मुख्य आकर्षण नृसिहं अवतार २९ गते देखाइनेछ । नेपाल सम्वत् सात सय ६१ सालदेखि निरन्तर प्रदर्शन भइरहेको नाच यसपाली तीन सय ८४ वर्ष पुगेको छ ।