मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हात्तीको आक्रमण : रौतहटमा एक जनाको ज्यान गयो, कञ्चनपुरका स्थानीयम त्रास

हात्तीको आक्रमण : रौतहटमा एक जनाको ज्यान गयो, कञ्चनपुरका स्थानीयम त्रास

न्यूजस्टोरी

रौतहट, १६ कार्तिक । रौतहटमा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ । फतुवा–बिजयपुर नगरपालिका वडा नम्बर ११ बुट्वा–राङी गाउँमा जङ्गली हात्तीको आक्रमणमा परी ७० वर्षीया पातली तामाङको ज्यान गएको प्रहरीले जनाएको छ ।

आफ्नै घरमा सुतिरहेको अवस्थामा उहाँलाई हात्तीले आक्रमण गरेको इलाका प्रहरी कार्यालय बिजयपुरका प्रहरी निरीक्षक इन्द्रमणि अधिकारीले जानकारी दिनुभयो । पातलीका श्रीमानले भने भागेर ज्यान बचाएका र घर पूर्णरुपमा क्षति भएको छ ।

यसैबीच कञ्चनपुरको डिभिजन वन कार्यालयले जङगली हात्तीको आक्रमणबाट सर्वसाधारणलाई जोगाउन सचेतना कार्यक्रम सञ्चालन गरेको छ । भारतीय दुधुवा नेशनल पार्क हुँदै नेपाली बस्तीमा छिर्ने हात्तीले मानवीय क्षति निम्त्याउन थालेपछि कार्यालयले सचेतना कार्यक्रम सञ्चालन गरेको कार्यालयका सुचना अधिकारी शिवराज अवस्थीले बताउनुभयो ।

हात्ती बस्तीमा छिरेमा डेढ सय मिटरको दुरी कायम गरी भगाउने, अन्नपात राखेको ठाउँ वा भान्सामा नसुत्ने, हात्तीको अगाडीबाट भाग्न नखोज्ने, हात्तीका छावालाई नचलाउने, टर्चबालेर नभाग्ने, उत्तेजित नबनाउने, जाँडरक्सी खाएर भगाउन नजाने, मात चढेको हात्तीसँग सजग रहने लगायतका कुरा कार्यक्रमका माध्यबाट सर्वसाधरणलाई सचेत पार्ने कार्य भइरहेको उहाँले बताउनुभयो ।

हात्तीले लखेटन आए ढुङग्यान बगरतिर भाग्ने, छडके पारेर ओरालोतर्फ भाग्ने, दलदल हिलो भएतर्फ भाग्ने, ठूलो रुख ढलेको भए त्यसको मूनि भएर भाग्ने, पुलपुलेसा तरेर भाग्ने गरे बच्न सकिने उहाँले बताउनुभयो ।

उहाँले हात्तीलाई नियन्त्रण गर्न गाह्रो हुने भएकाले सतर्कता अपनाए मानविय क्षतिलाई कम गर्न सकिने बताउनु भयो । हात्तीको बथानले गएको असोज महिनामा मात्रै कञ्चनपुरका दुई जनाको ज्यान लिइसकेको छ ।