मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बालुवाटारमा रास्वपाको प्रदर्शनः सांसद चौधरीसहित ३३ जना पक्राउ

बालुवाटारमा रास्वपाको प्रदर्शनः सांसद चौधरीसहित ३३ जना पक्राउ

न्यूजस्टोरी

काठमाडौँ । सहकारी प्रकरणमा पक्राउ परेका पार्टी सभापति रवि लामिछानेको रिहाइ माग गर्दै बालुवाटारमा प्रदर्शन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का एक सांसदसहित करिब तीन दर्जन नेता-कार्यकर्ता पक्राउ परेका छन् ।

उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी विनोद घिमिरेका अनुसार बालुवाटारमा प्रदर्शन गरिरहेका ३३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।  पक्राउ पर्नेमा रास्वपा सांसद अशोक चौधरीसहित ३३ जना छन् ।

null

प्रधानमन्त्री निवास नजिकै गरिएको विरोध प्रदर्शनमा नेपाल हाउस अगाडिबाट प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।  रास्वपाले आज १२ बजेबाट बालुवाटारमा विरोध कार्यक्रमको तय गरकेो थियो । सोक्रममा नेता कार्यकर्ता भेला हुँदै गर्दा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

null

पार्टी सभापति लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि आन्दोलनरत रास्वपाले आज बालुवाटारमा प्रदर्शन गर्ने कार्यक्रम राखेको हो ।  बालुवाटारस्थित नेपाल हाउसमा अहिले नेता कार्यकर्ताहरूले नाराबाजी गरिरहेका छन् । 

लामिछाने कास्की प्रहरीको हिरासतमा रहेका छन् । रास्वपाले सरकारले राजनीतिक प्रतिशोधले पक्राउ गरेको आरोप लगाउँदै आएको छ ।