मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज मन्त्रिपषिद्को बैठक बस्दै, कुलमानको बारेमा निर्णय गर्ने तयारी

आज मन्त्रिपषिद्को बैठक बस्दै, कुलमानको बारेमा निर्णय गर्ने तयारी

न्यूजस्टोरी

काठमाडौं । आज साँझ ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। मन्त्रिपरिषद्को बैठकमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे निर्णय लिने तयारी रहेको स्रोतले जनाएको छ।

डेडिकेटेड र ट्रंकलाईनको महशुल नतिर्ने व्यवसायीको लाइन काटेपछि प्रधानमन्त्री र उर्जामन्त्री घिसिङसँग रुष्ट भएका छन्। आज बस्ने मन्त्रि परिषद् बैठकले त्यसबारेमा निर्णय लिनेगरी गृहकार्य भइरहेको बताइएको छ।