मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रवि पक्राउपछि पहिलोपटक रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेन्डा

रवि पक्राउपछि पहिलोपटक रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेन्डा

न्यूजस्टोरी

काठमाडौं । सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाले पहिलोपटक केन्द्रीय समितिको बैठक बोलाएको छ ।

रास्वपाले शनिबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरी केन्द्रीय ससितिको बैठक बोलाएको हो । बैठकमा छलफलका लागि रास्वपाले तीनवटा एजेन्डा तय गरेको छ । बैठकमा समसामयिक राजनीतिक गतिविधि, आगामी कार्यदिशा र विविध विषयमा छलफल हुनेछ ।

पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरामा आन्दोलन गरेको रास्वापाले शुक्रबारदेखि काठमाडौंमा आन्दोलन सुरु गरेको छ ।

सहकारीको रकम अपचलन गरेको आरोपमा गत शुक्रबार पक्राउ परेका रवि प्रहरी अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा छन् ।