मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतमा फैलिएको समुद्री आँधी ‘दाना’ को प्रभाव नेपालमा पनि

भारतमा फैलिएको समुद्री आँधी ‘दाना’ को प्रभाव नेपालमा पनि

न्यूजस्टोरी

काठमाडौं । समुद्री आँधी ‘दाना’ को प्रभाव नेपालमा पनि पर्न थालेको छ । यसका कारण नेपालको पूर्वी भागमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् मीनकुमार अर्यालले भारतमा फैलिएको समुद्री आँधी ‘दाना’ को प्रभावका कारण कोशी प्रदेश र मधेस प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको बताए । पूर्वका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहे पनि देशका अरु ठाउँमा भने मौसम घमाइलो रहनेछ ।

बङ्गालको खाडीमा केही दिनअघि उत्पन्न भएको यो आँधीको प्रभाव भारतको उडिसा र पश्चिम बङ्गालमा पनि परेको छ ।आज दिउँसो कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागका एकदुई स्थानमा मेघ गर्जन चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति कोशीलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भ–भागका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।