मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तीन दलका शीर्ष नेताको बैठक : शुक्रबार बस्ने मन्त्रिपरिषद् बैठकले सर्च कमिटी टुङ्ग्याउने

तीन दलका शीर्ष नेताको बैठक : शुक्रबार बस्ने मन्त्रिपरिषद् बैठकले सर्च कमिटी टुङ्ग्याउने

न्यूजस्टोरी

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दलका शीर्ष नेताको बैठक सकिएको छ । बैठकमा संक्रमणकालीन न्याय सम्पादनबारे  छलफल भएको बताइएको छ ।  बैठकमा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठनका लागि शुक्रबार बस्ने क्याबिनेटले सर्च कमिटी टुङ्ग्याउने विषयमा सहमति भएको श्रोतले जनाएको छ । 

बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, महान्याधिवक्ता रमेश वडाल सहभागी रहेका थिए ।