मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मितेरी पुल नजिक गोली चल्यो, एसएसबीका जवानले चलाएको आशंका

मितेरी पुल नजिक गोली चल्यो, एसएसबीका जवानले चलाएको आशंका

न्यूजस्टोरी

वीरगञ्ज । नेपाल भारत सीमाक्षेत्र मितेरी पुल नजिक मंगलबार दिउँसो गोली चलेको छ । नेपाल भारत सीमाक्षेत्रको मितेरी पुलको दक्षिणतर्फ दिउँसो भुइँमा पड्किएको अवस्थामा बन्दुकको गोली (खोका) फेला परेको पर्सा प्रहरीले जनाएको छ ।

प्रत्यक्षदर्शीका अनुसार भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले गोली चलाएको बताए पनि नेपालतर्फका सुरक्षा अधिकारीहरुले भने यसको पुष्टि गरेका छैनन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक भारतीका अनुसार गोलीको खोका बरामद भएको छ । तर, गोली नै चलाएको हो कि होइन भन्ने विषयमा भने अनुसन्धान भइरहेको उनले बताए। कवाडी सामान संकलन गर्ने दुई महिला र दुई पुरुषलाई भारतीय भूमीमा पर्ने अहरिवा टोलाबाट लखेट्दै आएका भारतीय सीमा सुरक्षा बल एसएसबीका एक जवानले गोली चलाएको प्रत्यक्षदर्शी महिलाले बताएकी छन् ।

एसएसबीले चलाएको गोली भने कसैलाई नलागेको ती प्रत्यक्षदर्शी महिलालले बताइन् । गोली चलेपछि ती महिला र पुरुष नेपालतर्फ भागेको बताइएको छ ।