मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बलात्कार मुद्दामा फसाइदिने भन्दै पैसा असुल्ने इन्स्पेक्टर शाहीविरुद्ध पक्राउ पुर्जी

बलात्कार मुद्दामा फसाइदिने भन्दै पैसा असुल्ने इन्स्पेक्टर शाहीविरुद्ध पक्राउ पुर्जी

न्यूजस्टोरी

काठमाडौं । बलात्कारसम्बन्धी मुद्दामा फसाइदिने भन्दै एक जना व्यक्तिसँग लेनदेन गरेको आरोप लागेकी इन्स्पेक्टर बिनुकुमारी शाहीविरूद्ध पक्राउ पुर्जी जारी भएको छ ।

ललितपुर प्रहरी प्रमुख एसएसपी शेखर खनालले पक्राउ पुर्जी जारी भएको जानकारी दिए । यसअघि प्रहरी प्रभाग, भैंसेपाटीकी प्रमुख रहेकी इन्स्पेक्टर शाहीलाई जिम्मेवारीबाट हटाइएको थियो ।शाहीले एक व्यवसायीलाई नियन्त्रणमा लिएर ३० लाख रूपैयाँ लेनदेन गरेको आरोप छ । उनले त्यो रकम आफन्तको नाममा रहेको खातामा हाल्न लगाएको आरोप छ ।

यो प्रकरणमा छानबिन गर्न जिल्ला प्रहरी परिसर, ललितपुरका डीएसपी नरहरि अधिकारीको नेतृत्वमा ७ सदस्यीय छानबिन समिति बनिसकेको छ ।