मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गोकर्णमा एक पुरुषकाे हत्या- विवाहित महिलासहित ३ जना पक्राउ

गोकर्णमा एक पुरुषकाे हत्या- विवाहित महिलासहित ३ जना पक्राउ

न्यूजस्टोरी

काठमाडौं । एक पुरुषलाई कुटपिटपछि हत्या गरेको आरोपमा काठमाडौं प्रहरीले एक महिलासहित तीनजनालाई पक्राउ गरेको छ । सुर्खेतको लेकबेँसी-२ स्थायी घर भई काठमाडौंको कागेश्वरी मनोहरा-९ मा बस्दै आएका ४३ वर्षीय होमबहादुर फौजामगर मंगलबार अपरान्ह गोकर्णेश्वर-६ नयाँ बस्तीस्थित सार्वजनिक स्थानमा सख्त घाइते अवस्थामा भेटिएका थिए ।

उनको उपचारका क्रममा मृत्यु भएको थियो । प्रहरीले फौजामगरलाई कुटपिट गरी हत्या गरेको आरोपमा पाँचथर घर भई कपन बस्दै आएका ३८ वर्षीय अमृत मगर, सिन्धुपाल्चोक घर भई कपन बस्दै आएका ३५ वर्षीय भुवन श्रेष्ठ र इलाम घर भई नयाँ बस्ती बस्दै आएकी २७ वर्षीया विमला भट्टराईलाई पक्राउ गरेको छ । विमलाका श्रीमान विदेशमा छन् ।

प्रारम्भिक अनुसन्धानमा कुटपिटअघि अमृत र भुवन दुवैजना विमलाको कोठामा रहेको खुलेको छ । उनीहरू तीनजना कोठामा रहेको समयमा त्यहाँ फौजामगर पनि आइपुगेको र त्यहाँ विवाद बढेर उनीहरूले लखेटेको एक अनुसन्धान अधिकृतले बताए ।

‘भुवन चाहीँ युवतीको कोठामा आइरहने गरेको भन्ने प्रारम्भिक सूचना छ । थप अनुसन्धान भइरहेको छ’, ती अधिकारीले भने ।