मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डडेल्धुरामा रात्रिबस पल्टिँदा चार जनाको ज्यान गयो

डडेल्धुरामा रात्रिबस पल्टिँदा चार जनाको ज्यान गयो

न्यूजस्टोरी

डडेल्धुरामा गएराति रात्रिबस दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । १२ जना घाइते भएका छन् ।

डडेल्धुराको महेन्द्रनगरबाट बैतडीको पुर्चौडीको लागि छुटेको ना ८ ख १०७८ नम्बरको रात्रिबस डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा सडकबाट तल पल्टिएको प्रहरीले जनाएको छ ।

डडेल्धुरा प्रहरीका अनुसार दुर्घटनामा बैतडीको पुर्चौडी नगरपालिका–३ का ४५ वर्षीया जैमती बोहरा, त्यही ठाउँकी २० वर्षीया कमला बोहरा, उहाँका नाबालक छोरा र त्यही ठाउँका २२ वर्षीय सहदेव बोहराको ज्यान गएको हो ।

घाइतेमध्ये दुई जनालाई थप उपचारको लागि धनगढी पठाइएको र अरु घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । चालक निदाएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।