काठमाडौं, २६ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बुबाको हातबाट दशैँको टीका लगाउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले बिहान ११ बजेर ३६ मिनेटमा बुबा मोहनप्रसाद ओलीको हातबाट टीका लगाउनुभएको हो ।
प्रधानमन्त्री ओलीले परिवारका सदस्यबाहेक सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम छैन । प्रधानमन्त्री ओलीले विपद्को घडीमा यसपालीको दशैँ टीका उल्लासपूर्ण हुन नसकेकोसमेत उल्लेख गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले शुभकामना भडियो सन्देशमार्फत सरकार प्रकोपपछिको उद्धार, राहत र पुनःस्थापनामा केन्द्रित रहेको जानकारी दिँदै आश्वस्त रहन आग्रह गर्नुभयो । उहाँले आफू नेतृत्वको सरकार जिम्मेवारीप्रति सचेत रहेको उल्लेख गर्दै प्रकोप प्रभावितलाई धैर्य धारण गर्न आग्रहसमेत गर्नुभयो ।


प्रतिक्रिया