मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आजको मौसम : आज ठूलो पानी नपर्ने – कोशी, बाग्मती र गण्डकी प्रदेशका केही पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

आजको मौसम : आज ठूलो पानी नपर्ने – कोशी, बाग्मती र गण्डकी प्रदेशका केही पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

न्यूजस्टोरी

काठमाडौं, २६ असोज । दशैँको मुख्य दिन आज ठूलो पानी पर्ने सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशका कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा बदली र वर्षाको सम्भावना रहेको छ । मनसुनी वायुका साथै पश्चिमी वायुकोसमेत सामान्य प्रभाव रहेकाले यी ठाउँमा बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् गोविन्दकुमार झा अनुसार आज तीन वटा प्रदेशका पहाडी केही भागका हल्का वर्षाको सम्भावना छ । वर्षा भए पनि खासै ठूलो पानी पर्ने सम्भावना छैन । दशैँको टीका विथोल्ने किसिमको ठूलो पानी पर्ने अवस्था नरहेको मौसमविद् झाले जानकारी दिनुभयो ।

देशका बाँकी अरू भागमा पश्चिमी वायुको प्रभाव रहेको महाशाखाले उल्लेख गरेको छ । न्यूनतम तापक्रम क्रमशः घट्र्दै गएकाले काठमाण्डौमा सामान्य चिसो बढेको छ । अबको हप्ता न्यूनतम तापक्रम घट्ने भएकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।