मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमालेले कीर्तिपुरमा आफ्नै भवन बनाउने, ओलीले भोलि शिलान्यास गर्ने

एमालेले कीर्तिपुरमा आफ्नै भवन बनाउने, ओलीले भोलि शिलान्यास गर्ने

न्यूजस्टोरी

काठमाडौं । नेकपा एमालेले आफ्नै भवन निर्माण गर्ने भएको छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि केन्द्रीय कार्यालय भवनको शिलान्यास गर्दै छन् ।

आज मध्यान्ह बसेको सचिवालय बैठकले भोलि १२:२५ मा कीर्तिपुर-२ को घडेरीमा मदन भण्डारी स्मृति भवनको नाममा केन्द्रीय कार्यालय शिलान्यास गर्ने तय भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

कलंकी तीनथानानजिकै १० रोपनीभन्दा बढीको क्षेत्रफलमा एमालेले कार्यालय भवन निर्माण गर्न लागेको हो । ओलीले आज बैठकममा भवन शिलान्यासबारे पनि ब्रिफिङ गरेका थिए । २०७२ को महाभूकम्पले बल्खुको कार्यालयमा क्षति पुगेपछि एमाले धुम्बाराही, थापाथली हुँदै पछिल्लो समय ललितपुरको च्यासलमा भाडामा बस्दै आएक