मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कुलमानलाई हटाउने तयारीमा सरकार,सोधियो १५ बुँदे स्पष्टीकरण

कुलमानलाई हटाउने तयारीमा सरकार,सोधियो १५ बुँदे स्पष्टीकरण

न्यूजस्टोरी

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई १५ बुँदे स्पष्टीकरण सोधेको छ ।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले घिसिङलाई १५ बुँदे स्पष्टीकरण सोधेको हो । 

मन्त्रालयले डेडिकेटेड फिडर/ट्रंक लाइनसम्बन्धी प्राधिकरणले उठाउन बाँकी रहेको महसुलसम्बन्धमा सञ्चालक समितिमा पेस भएका विभिन्न प्रतिवेदन एवं सो महसुलका सम्बन्धमा सञ्चालक समितिबाट विभिन्न मितिमा भएका निर्णयहरू मागेको छ ।

कुलमानलाई मन्त्रीले सोधेको १५ बुँदे स्पष्टीकरणमा उनको परफरमेन्स, विभिन्न समयका खरीद प्रक्रिया, प्राधिकरणले जनसमर्थन प्राप्त गर्न नक्कली नाफा देखाएको विषयदेखि गुणस्तरीय बिजुली नदिएकोसम्मका आरोप समेटिएको छ ।  

मंगलबार ऊर्जामन्त्री दीपक खड्काले घिसिङलाई पत्र काट्दै १५ दिनभित्र स्पष्टीकरण माग गरेका हुन् । स्पष्टीकरण सोधेलगत्तै आज बिहान ११ बजे बस्ने गरी प्राधिकरणको बोर्ड बैठक बोलाइएको थियो । तर, अन्तिम समयमा आएर मन्त्री खड्का आफैँले उक्त बैठक स्थगित गरेका छन् ।

माओवादीका प्रिय बनेका घिसिङसँग एमाले नेतृत्व अगाडिदेखि  नै रुष्ट छ । त्यसैको क्रममा सरकारले स्पष्टीकरण सोधेको हो ।670638dfa7029.jpg