मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री उद्धार कोषमा कांग्रेस र एमालेले दिए ५०-५० लाख रुपैयाँ सहयोग

प्रधानमन्त्री उद्धार कोषमा कांग्रेस र एमालेले दिए ५०-५० लाख रुपैयाँ सहयोग

न्यूजस्टोरी

काठमाडौँ, २० असोज । सत्ता सहयात्री दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी ९एमाले०ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० ५० लाख रुपैयाँ सहयोग गरेका छन् ।

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरी ५० लाख रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको छ ।
सभापति देउवाले प्राकृतिक विपद्पछिको अवस्थामा तत्काल र दीर्घकालीनरुपमा गर्नुपर्ने कामबारे ३४ बुँदे सुझावपत्र पनि प्रधानमन्त्रीलाई बुझाउनुभयो ।

प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसले दिएको उक्त सुझाव मननीय भएको बताउनुभयो । उहाँले विपद्ले कुनै जात, उमेर र धर्म नभनी सबैलाई सङ्कटमा पार्ने भएकाले साझा दायित्व सम्झिएर यसको सामना मिलेर गर्ने कार्यमा सरकारले अगुवाइ गर्नेमा विश्वास दिलाउनुभयो ।

नेपाली कांग्रेसले विपद्को सामना मिलेर गर्न र भविष्यमा आउने विपदको पूर्व तयारी गर्न एकता र एकताबद्ध भवनाका साथ लाग्न सरकारलाई आग्रह गरेको छ ।

त्यस अवसरमा गृहमन्त्री रमेश लेखक, सो दलका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मालगायत सहभागी हुनहुन्थ्यो ।
यसैगरी, सरकारको नेतृत्व गरेको एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायतका नेताहरुले आजै प्रधानमन्त्री ओलीलाई भेटेर ५० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरी एमालेका नेताहरुले सो चेक हस्तान्तरण गरेका हुन् । त्यसअवसरमा प्रधानमन्त्री ओलीले साझा दायित्व सम्झिएर विपद्को सामना गर्नुपर्ने र यसको अगुवाइ सरकारले गर्ने बताउनुभयो । उहाँले तीनै तहका सरकार र राज्यका निकाय परिचालित भएर विपद्को सामना भइरहेको स्पष्ट पार्नुभयो ।

एमालेको यही असोज १५ गतेको सचिवालय तथा संसदीय दलको बैठकले उक्त कोषमा रु ५० लाख र सांसदहरुको आधा महिनाको तलब बराबरको रकम प्रदान गर्ने निर्णय गरेको थियो ।

त्यस अवसरमा गृहमन्त्री रमेश लेखक, एमालेका महासचिव शङ्कर पोखरेल, उपमहासचिवहरु प्रदीपकुमार ज्ञवाली, विष्णुप्रसाद रिमाल, पृथ्वीसुब्बा गुरुङ, सचिव रघुबीर महासेठलगायतका नेताहरु सहभागी थिए ।